नेपालका फुटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फुटबल महासंघ (एएफसी) को कुनैपनि खेल खेल्न नपाउने भएका छन्। सन् २०२१ का लागि नेपालबाट क्लव लाइसेन्सका लागि आवेदन दिएका सबै क्लवको डकुमेन्ट अपुग भएको भन्दै एएफसीले सबैको आवेदन खारेज गरेको हो।
एएफसीको फस्र्ट इन्स्टेन्स बडीले नेपाली क्लवको डकुमेन्टको आधारमा निर्णय गरेपछि नेपाली क्लवले २०२१ मा कुनैपनि एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका हुन्। नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए।
क्लब लाइसेन्सिङका लागि एएफसीले तोकेका मापदन्ड पूरा गर्न नेपाली ‘ए’ डिभिजन क्लबहरु अझै पनि असमर्थ रहेको बताइएको छ। एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदन्ड तोकेको छ। तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन्।
लाइसेन्स पाउनका लागि क्लबहरुको स्पोर्टिङ गतिविधि आवश्यक छ। यसमा एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियलको अनुबन्ध लगायत पर्नेछ। अर्को कानूनी प्रक्रिया हो। क्लबको अस्थित्व र स्वामित्वसँगै उसको बिधान समेतलाई पारदर्शी प्रस्तुत गर्नुपर्ने हुन्छ।