Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

भिडियोमार्फत ‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

भिडियोमार्फत ‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
भिडियोमार्फत ‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

काठमाडौं, २२ फागुन । पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो । 

images

फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आगामी ३ भदौबाट फिल्म प्रदर्शनमा आउने छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छविराज ओझा, दिपेन्द्र के. खनाललगायतले शुभकामनासहित प्रदर्शन मिति घोषणा गरेका छन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ । 

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:४०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology