Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने

नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने
images

काठमाडौं, १७ फागुन । अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिवल २० फागुनमा ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।

images
images

फेस्टिवलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एन्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यु रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ ।

यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एन्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिवलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् ।

फेस्टिवलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:१३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology