कुरिनटार, १७ फागुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवन जिल्लाको जिल्ला अधिवेशनमा इच्छाकामना गाउँपालिकाबाट ४ जनाले उम्मेद्वारी दिने भएको छ। हालसम्म घोषणा गरिए अनुसार जिल्ला अधिवेशनका लागि इच्छाकामनाका ४ जना उम्मेद्वार प्रचार प्रसारमा लागेका छन्।
घोषणा गरिए अनुसार महिला कोटाको जिल्ला सदस्य पदका लागि महिला संघ इच्छाकामनाका अध्यक्ष एवं नेपाली कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका सावित्री पुडाशैनी र मिस्रीमाया परियार उम्मेद्वार बनेका छन्।
यस्तै जिल्ला सदस्यका लागि वडा नंं ५ का वडाध्यक्ष समेत रहेका मोदराज सिलवाल र सर्वशान्ति क्याम्पसका अध्यक्ष समेत रहेका माधव बहादुर घिमिरे उम्मेद्वार बनेका छन्।
पटक–पटक स्थगित भएको नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशन पछिल्लो समय फागुन २० गतेको लागि तोकिएको छ।