Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपा केन्द्रीय समितिको दोस्रो बैठकः संगठन सुदृढीकरण प्राथमिकतामा

राप्रपा केन्द्रीय समितिको दोस्रो बैठकः संगठन सुदृढीकरण प्राथमिकतामा

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
राप्रपा केन्द्रीय समितिको दोस्रो बैठकः संगठन सुदृढीकरण प्राथमिकतामा
images

काठमाडौं, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारदेखि सुरू हुने दोस्रो केन्द्रीय समिति बैठकमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर छलफल हुनेछ । गत १५–१७ मंसिरमा महाधिवेशन सम्पन्न भएपछि दोस्रो पटक बस्न लागेको बैठकले समसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचनसहित संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर छलफल चलाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

images
images

‘समासमायिक राजनीतिक परिस्थीति, स्थानिय तह निर्वाचन, महाधिवेशनपछि पार्टीको अवस्थादेखि संगठन सुदृढीकरणका बारेमा बैठकमा छलफल हुनेछ,’ प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘पार्टी जनमानसमा थप लोकप्रिय हुँदै गएको तथा जनताको आकर्षणसमेत बढिरहेको अवस्थालाई मध्यनजर गरेर मुख्यतः संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ छलफल गरिनेछ ।’ 

उनका अनुसार स्थानीय तहमा पार्टीका कमिटीहरू परिचालन गर्नका लागि समितिहरू बनाउनेदेखि तल्लो तहसम्म कमिटीलाई व्यवस्थित बनाउनेबारेमा छलफल हुने गरी बैठकको एजेन्डा तय गरिएको छ ।

निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरी राप्रपा नेपालको जिम्मेवारी लिएपछि त्यसबारेमा हुन सक्ने सम्भावित क्षतिका बारेमा पनि पार्टी भित्र छलफल हुने बुझिएको छ ।

राप्रपाका अनुसार पूर्व अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूको पदीय जिम्मेवारीका बारेमा पनि निष्कर्षमा पुग्ने बारेमा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्तरिक छलफल चलाइरहेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ११:५८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology