Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा

सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा
images

बैतडी, १७ फागुन । आगामी ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालकाे उत्तरार्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् ।

images
images

 १० फागुनमा भ्रमणमा निस्केकाे टाेली आज इलामबाट फर्कँदैछ ।

कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् । वडा नम्बर १ का वडाअध्यक्ष  गजेन्द्र चन्द, २ का वडाअध्यक्ष हर्क पाण्डे, ३ का वडाअध्यक्ष दिलाराम भट्ट, ४ वडा वडा अध्यक्ष दिनेश भट्ट, गाउँसभा सदस्य प्रकाश लुहार, पुष्पा पाल चन्द र हेमा भट्ट जिल्लाका विभिन्न स्थानीय तहमा पुगे ।

उनीहरुसँग सामाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत रामसिंह महरा, लघुउद्यम विकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राविधिक लोकेश विष्ट, रोजगार शाखा प्रमुख सुरेन्द्र धामी पनि थिए ।

भ्रमण टोलीमा सहभागी सुर्नया-३ का वडाअध्यक्ष दिलाराम भट्टले भने, ‘इलामको चिया बगान, केही कृषि तथा पशु फार्ममा पुग्यौँ । अवलोकन भ्रमण गरिरहेका छौँ ।’  

सुर्नया- ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्टले आगामी नेतृत्वलाई सुझाव दिन भ्रमणमा निस्केको जिकिर गरे  ‘सुरुका वर्षदेखि नै भ्रमणमा जाने योजना थियो, विविध कारणले रोकिएको हो, अहिले निस्केका छौँ, हाम्रो अन्तिम कार्यकाल भए पनि अब आउने प्रतिनिधिलाई सुझाव-सल्लाह दिन सकिने छ,’ उनले भने । 

गत पुसमा बसेको गाउँ कार्यपालिका बैठकबाट अन्तरपालिका स्तरीय भ्रमणमा जाने निर्णय भएकाे थियाे । भ्रमण टोलीले पेस्कीको रुपमा ५ लाख लगेको लेखा शाखा प्रमुख  प्रेमराज भट्टले बताए ।  भ्रमणका लागि ८ लाख रकम छुट्याइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिकाको टोली र पाँच जनासम्म कर्मचारी भ्रमणमा जाने निर्णय भएकाे थियाे । तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने भ्रमणमा गएका छैनन् । 

गाउँपालिका  अध्यक्ष वीरबहादुर विष्टले कार्यपालिकाबाट अनुशिक्षण भ्रमणको रुपमा जाने निर्णय भएकाे बताए ।  'केही साथी भ्रमणमा गएका छन् म गइँन,' उनले भने ।

वडाध्यक्ष बाेहरा भन्छन्- कार्यकालकाे अन्तिममा भ्रमण जानुकाे अर्थ छैन

कार्यकालकाे अन्तिममा हुने भ्रमणको औचित्य नभएकाले आफू सहभागी नभएको वडा नम्बर ८ का अध्यक्ष आनन्द बोहराले बताए ।  उनले भने, ‘सुरुका वर्ष भ्रमणमा जान प्रस्ताव मैले पनि गरेको हुँ । त्यतिखेर जान सकिएन । अहिले अन्तिममा आएर भ्रममणमा जानुकाे अर्थ छैन । जनतालाई के जवाफ दिने ?'

अन्यत्र पालिकाका राम्रा अभ्यासकाे अनुशरणका लागि भ्रमण आवश्यक रहे पनि अहिले अर्थ नरहेकाे उनकाे भनाइ छ । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ११:४७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology