Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा

१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा

इच्छाकामना न्युज

१६, फाल्गुण २०७८
१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा
images

बैतडी, १६ फागुन । बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । 

images
images

गोकुलेश्वरमा शिवरात्रीको दिनदेखि करिब १ सातासम्म भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन् । 

mandir-sarsafai.jpg.jpg

यस मेलालाई व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् । 

यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन् । विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो । 

गोकुलेश्वर मेलामा करिब १ हप्ता सम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - २०:०७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology