Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

न्युज कारखाना

१६, फाल्गुण २०७८
बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा
images

दिलमाया शाही, जुम्ला, १६ फागुन । बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् । 

images
images

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । 

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो । 

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ । 

पीडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले आलटाल गरेको पीडित पक्षको  भनाइछ ।  

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १/२ दिन भित्रै पक्राउ गरिने बताए । 'पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरी समक्ष उपस्थित भन्नु भएको थियो,' एसपी अधिकारीले भने, 'सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो ।'

 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १९:५९:२८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology