देवघाट, १४ फागुन । तनहुँ देवघाट गाउँपालिका नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले र सत्यदेवी अधिकारीको आफ्नो १५ औं वैवाहिक वर्षगाँठको अवसरमा देवघाट १ कालिकाटार महाकाली आधारभूत विद्यालयमा अध्यनरत एक सय पच्चीस जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।
कार्यक्रमका नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले कार्यक्रममा बोल्दै पछिल्लो समय केहि दाजुभाइ दिदिबहिनीहरुले आफ्नो वैवाहिक वर्षगाँठ तड्कभड्क र भड्किलो तरिकाले मनाउदै आईरहेको हुँदा केहि हद सम्म भए पनि मार्गनिर्देशन बन्न सकिन्छ कि भन्ने उद्देश्यको साथ आफुले आफ्नो वैवाहिक वर्षगाँठको दिन विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री वितरण गरिएको बताए। साथै अधिकारीले शिक्षा क्षेत्रको बिकास भए मात्रै ठाउँको पनि बिकास हुने बताउदै शिक्षा गुणस्तरको लागी सवै संघ संस्थाहरु संघ समन्वय गरि आफु अगाडी बढ्ने र कुनै पनि बालबालिकाहरु शिक्षा देखी बन्चित हुन नहुने उहाँले बताए।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य खम्बासिङ्ग रानाले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय बिकास हुँदै देशको बिकास हुने बताए।
कार्यक्रममा देवघाट गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति तिल बहादुर थापाले देवघाट गाउँपालिकाको शैक्षिक क्षेत्र बिकासको निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै वैवाहिक वर्षगाँठ अवसरमा विद्यार्थीहरुलाई प्रोत्साहन लक्ष्यित कार्यक्रम आयोजना गरेकोमा समाजसेवी युवा नेता अर्जुन अधिकारीलाई धन्यवाद समेत दिए।
सो कार्यक्रमका स्वागत मन्तव्य कृष्णप्रसाद खनालले राखेको थियो। साथै नेपाली काङ्ग्रेस १ नम्बरका सभापति मुक्तिलाल थापा र नेपाली काङ्ग्रेस ५ नम्बरका सभापति सोमनाथ ढकाल लगाएतको उपस्थित रहेका थिए भने गणेश गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।