धादिङ, १४ मंसिर । धादिङको सिद्धलेक गाउँपालिकास्थित नलाङमा बहुलाहा कुकुरको आतङक फैलिएको छ। हिजो नलाङका ९ जनालाई बहुलाहा कुकुरले टोके पछि अन्य कुकुरलाई समेत रेविजको जोखिम बढेकोले स्थानीय आतङकित बनेका छन्।
गाउँपालिकाका कृषि शाखा तथा पशु विकास शाखाका अधिकृत छविलाल गुरुङले यस विषयमा आफुलाई वडा अध्यक्षले कुनै पनि जानकारी नदिएको बताउनुभएको छ। वडा अध्यक्षले जानकारी नगराएपछि यस विषयमा अनविज्ञ रहेको गुरुङको भनाइ छ।