Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रीमान‍्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

श्रीमान‍्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
श्रीमान‍्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ
images

काठमाडौं, ७ फागुन । श्रीमान‍्को हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
images

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका-२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो । 

घटना शङ्कास्पद रहेभन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान‍्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २१:४७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology