पोखरा, १४ मंसिर । पोखरामा ११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा धादिङका एक युवा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले आज पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं -४ घर भई हाल पोखरा महानगरपालिका वडा नं -१६ लामाचौर बस्ने २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली रहेका छन् ।
प्रहरीका अनुसार फरक क्षमता (सुस्त मनस्थिती) भएकी उक्त नावालिकालाई घरमा कोही नभएको अवस्थामा डर, त्रास र ललाई फकाई जबर्जस्ती करणी गरेको सूचनाका आधारमा शनिबार प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउमा परेका उनीविरुद्ध जबर्जस्ती करणी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।