Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित

जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित

न्युज कारखाना

६, फाल्गुण २०७८
जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित
images

दिलमाया शाही, जुम्ला, ६ फागुन । २०६४ सालमा प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएको जुम्लामा २०७८ सालमा पनि जुम्लाका किसानले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्न छोडेका छैनन् । प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र सीमित हुँदा कृषकहरु भने विषादी तर्फ आकर्षित भएका छन् । 

images
images

जुम्लाका किसान रामकृष्णा बुढ्थापा भन्छन्, 'साविकको जिल्ला कृषि विकास कार्यालय, एसएनभी नेपालको सहयोगमा संचालित एचभिए–आइबी पाइलट प्रोजेक्ट र वर्ल्ड भिजनको सहयोगमा यहाँको स्याउको अर्गानिक प्रमाणीकरणका लागि कृषक समूह गठन गरेर प्रक्रिया सुरु भएको छ ।'

अहिले १४ वर्ष पूरा भयो यस कुनै लोखा जोखा छैन । अहिले  झारपात व्यवस्थापन गर्ने भन्दै  कृषकहरुले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्दै आएका पाइन्छ । त्यो कार्य रोकिएको छैन । 'नाम मात्रै प्राङ्गारिक जिल्ला भएर के गर्ने उनले भने, हाल कुनै पनि उपजको प्राङ्गारिक प्रमाणीकरण छैन । किसान बुढथापाले भने, 'जुम्ली काली मार्सी धानको आफ्नै ब्राण्ड छ । त्यस्तै स्याउ र सिमिको पनि छ ,ब्राण्ड बनेको छ।  तर यहाँको नाम बेचेर अरु जिल्लाले फाइदा लिइरहेका छन् ।'

गोडमेल गर्न सहज हुने भन्दै किसानले झारनाषक विषादी प्रयोग गर्दै आएका छन् ।

के फाइदा ?

जुम्लामा प्राङ्गारिक जिल्ला घोषणा गरेर कृषकहरुले के पाए ? उत्पादन गुणस्तरको नहुँदा जुम्ली स्याउको माग काठमाडौँमा मनाङ र मुस्ताङको जति पनि छैन। हिउँदमा कालीकोट, मुगु र नेपालगंजबाट विषादी प्रयोग गरेको तरकारी यहाँका प्राङ्गारिक कृषकहरुले उपभोग गरिरहेका जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा  बुढाले भने, 'के यसैको लागि जुम्ला जिल्लालाई प्राङ्गारिक घोषणा गरिएको हो ? यो यथार्थ बुझेर प्राङ्गारिक कृषिको बहस  गर्न आवश्यक  छ' उनले भने, 'हामी अर्गानिक जिल्ला भन्छौ साउन महिनामै काँचो स्याउ टिप्छौ । स्थानीय  तह र सम्बन्धित निकायले पनी यस बिषयमा ध्यान दिन सकेको छैन ।  
 

जैविक विषादी र मल आवश्यक 

जुम्लाको स्याउ नर्सरीमा विषादी प्रयोग नगर्ने हो भने कृषकहरु किरा तथा रोगबाट बिरुवा बचाउँनै नसक्ने बताउँछन् । 
प्राङ्गारिकका नाममा रोगी बिरुवा उत्पादन र बिक्री गर्न सकिँदैन । ्

जैविक विषादी  जुम्लामा पाईँदैन। मानिसहरुले सर्भो तेल र निम जन्य विषादी प्रयोग गर्छन्, ती विषादीले कामै गरेको छैन। विषादीको प्रयोग बिना स्याउको स्वस्थ बिरुवा निकाल्न असम्भव भएको कृषि विज्ञहरुको भनाइ छ । 
बिरुवाको अन्य जिल्लामा माग हुँदाहुँदै पनि गुणस्तरकै कारणले प्रयाप्त मात्रामा निर्यात गर्न सकिएको छैन ।  

कर्णाली प्रदेशको उच्च पहाडी जिल्लाहरुमा पाइने देवदारको तेल प्रयोग गर्दा अधिकांश किरा नियन्त्रण हुने उक्त तेल प्रयोग गर्दै आएका कृषकहरु बताउँछन् । त्यस्ता तेल उत्पादन गर्ने प्रशोधन केन्द्र स्थापना गर्न कृषकहरुलाई अनुदान सहयोग गर्न आवश्यक रहेको र यस्ता चिजहरु रासायनिक विषादीको विकल्प हुन सक्ने कृषि विज्ञहरुको भनाइ छ । 

प्राङ्गारिक कृषिका आधार स्तम्भहरु जस्तैः गोठेमल, कम्पोष्ट मल, गड्यौली मल, हरियो मल, प्रभावकारी सूक्ष्म जिवाणु र जैविक विषादीहरुको सघन उत्पादन र प्रयोग गर्न कृषकहरुलाई सहजिकरण गरे जुम्लाको तरकारी, स्याउको लगायत अन्यबालीमा अर्गानिक उत्पादन गर्न आफूहरु तयार रहेको कृषकहरुले बताए । 

प्राङ्गारिक मलखाद कारखाना खोलौँ

जिल्लामा मध्यम खालका  प्राङ्गारिक मलखाद कारखाना खोलेर कृषकलाई प्रेरित गर्न सकिए फाइदा पुग्ने गणेश अधिकारीले  बताए । 

उनले भने, 'अनुदान दिँदा पनि स्थानीय कारखानाबाट उत्पादन भएको मलखाद प्रयोग गर्नेलाई अनुदान दिने मापदण्ड बनाउन आवश्यक छ ।  अनि मात्र दिगो र कामकाजी प्राङ्गारिक जिल्ला बनाउन सकिन्छ ।'
यसो गर्न नसकिए दुर्गम क्षेत्रमा घोषणा गरिएका प्राङ्गारिक जिल्ला नाममै सिमित हुने उनलेब बताए ।

जुम्लामा अगार्निक जिल्ला र  रैथाने बालीको  संरक्षण गर्नेका लागी सबै अभियानकै रुपमा लाग्नु पर्ने देखिएको उनले बताए ।  
प्राङ्गारिक जिल्ला बनाउ सबै किसानको  हातमा मेसिनरी सामान  र हरेक कृषकसंग वर्षमा २–३ टन कम्पोष्ट मल तयार गर्ने गरि सोही बमोजिमका पुँजीगत निर्माणमा सहुलियत दिनु पर्ने आबश्यक छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी  विजया कुमारी प्रसाइले भनिन् 'अबका दिनमा यो वर्गले मात्र कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन सक्छ। तसर्थ, व्यवसायिक क्षेत्रहरुको पहिचान गरि समूचित मात्रामा रासायनिक मल र रासायनिक विषादी प्रयोग नगरी  खेती गर्न प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम मात्रै भएर हुँदैन ।  यसको दिगो ब्यवस्थापनको लागी पनि अनुसन्धान गर्न आबश्यक छ ।'

प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन भएको खण्डमा रासानियक बिसादीको प्रयोग  न्यूनिकरण गर्न सकिने उनको भनाइ छ । 
'खेतीपाती गर्ने महिलामात्रै भएकाले  महिलाको श्रमको  विकल्पको रुपमा रासायनिक विषादी प्रयोग गर्ने गरिएको पाइयो ' उनले भनिन् ।

तातोपानीमा विषादी प्रतिबन्द 

तातोपानी गाउँपालिकाले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोगमा प्रतिबन्द लागाएको बताएको छ ।  तातोपानी गाउँपालिले  ब्युटाक्लोर प्रयोगले  महिलाको स्वाथ्यमा असरपार्ने भन्दै  यसको प्रयोग प्रतिबन्ध गनएका लागी कार्यबिधि बनाएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए।  उनले भने, 'यसले पार्ने  दीर्घकालीन असरको बारेमा  प्रशिक्षण दिँदै, कोही  कसैले प्रयोग गरेको भेटिएको खण्डमा १ हजार  जरीवाना तोकिएको छ। रैथाने बालीको संरक्षण गर्न र विषादी रहित उत्पादन बढाउन हामी एकीकृत  तरिकाले लागेका छौं। अब जैविक मल र जैविक विषादी तयार पार्न पालिका लागि फरेको छ । 

कर्णाली प्रदेश सरकारले  प्रत्येक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि प्रवर्धन तथा  रैथाने बाली संरक्षण  दिवस मनाउँदै आएको छ । जस अन्तरगत  शुक्रबार  सर्वोदय नेपालको  समन्वय र  किषि बकिास कर्यालयको आयोजनामा जुम्लामा कृषिको आधार तयार गर्दै  रैथानी बालीको संरक्षण गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको छ । जुम्ला जिल्लालाई २०६४ सालबाट प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएकाले सबै लागेर उत्पादन बढाउ आबश्यक रहेको सर्वोदय नेपाल जुम्लाका  कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने,“युवाहरुलाई कृषिमा यो तरिकाले आकर्षण गर्न सकेको खण्डमा  जुम्ला आत्मा निर्भर हुने बताए । 

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - २१:०३:४४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology