Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फरवार्ड नेपालद्वारा इच्छाकामना ७ का ६० किसानलाई बंगुरको पाठा वितरण

फरवार्ड नेपालद्वारा इच्छाकामना ७ का ६० किसानलाई बंगुरको पाठा वितरण

इच्छाकामना न्युज

३, भाद्र २०८३
फरवार्ड नेपालद्वारा इच्छाकामना ७ का ६० किसानलाई बंगुरको पाठा वितरण

सिमलढाप । स्थानीय किसानको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले फरवार्ड नेपालले चितवनको इच्छाकामना गाउँपालिका ७ किसानहरुलाई बंगुरको पाठा वितरण गरेको छ । बुधबार सिमलढाप स्थित ७ नं. वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि स्थानीय ६० घर परिवार किसानलाई प्रतिकिसान २ वटा पर्ने गरि १२० वटा बंगुरको पाठा वितरण गरेको हो । 

images

207b169e-d2ad-412c-9adb-94812d26a2cf.jpeg

बिएमसी र एडब्लुसी इन्टरनेशनलको आर्थिक सहयोगमा फरवार्ड नेपालको संयोजनमा वितरण गरिएको बंगुर पाठा वितरण कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल रहनुभएको थियो ।

1833273d-6837-4d78-886d-ac8036da6a55.jpeg

इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोन्धन गर्दै फरवार्ड नेपालका परियोजना संयोजक ऋषिकेश ढकालले परियोजना बारे जानकारी दिनुहुदै उपस्थित हुनुहुनै सबै अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

3989e384-76c6-454b-8f40-65e2ad558ef0.jpeg

यस्तै गाउँपालिकाको तर्फबाट उपाध्यक्ष माया सिलवालले परियोजनाले विपन्न परिवारका लागि जिविकोपार्जनमा टेवा पुर्‍याउने बताउनुहुदै फरवार्ड नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम फरवार्ड नेपालका प्राविधिक अधिकृत टंकप्रसाद आचार्यले संचालन गर्नुभएको थियो ।

7f5164eb-d537-431e-b8fc-ec4fe3de807f.jpeg

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - २०:१४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology