Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाले गत आवमा ६ करोड राजश्व संकलन

इच्छाकामना गाउँपालिकाले गत आवमा ६ करोड राजश्व संकलन

इच्छाकामना न्युज

३, श्रावण २०८३
इच्छाकामना गाउँपालिकाले गत आवमा ६ करोड राजश्व संकलन

कुरिनटार । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पाँच करोड ९९ लाख ३७ हजार २७८ रूपैयाँ ८२ पैसा राजस्व सङ्कलन गरेको छ । त्यसमध्ये गाउँपालिकाको कार्यालयबाट पाँच करोड ११ लाख ८० हजार ४३५ रूपैयाँ ५६ पैसा राजस्व सङ्कलन हुँदा वडा नं–४ को कार्यालयबाट ४० लाख ३७ हजार ५९० रूपैयाँ ५२ पैसा राजस्व सङ्कलन गरेको छ ।

images

वडा नं–४ को कार्यालयबाट भएको आम्दानी नै समग्र वडाहरुमा सबैभन्दा धेरै आम्दानी हो । त्यसपछि वडा नं–५ को कार्यालयबाट १८ लाख चार हजार १८५ रूपैयाँ ६१ पैसा सङ्कलन भएको देखिएको छ । वडा नं–३ बाट १२ लाख ४७ हजार १८ रूपैयाँ ९४ पैसा सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।

वडा नं–७ बाट सात लाख ३० हजार ९५ रूपैयाँ २९ पैसा, वडा नं–६ को कार्यालयबाट पाँच लाख २५ हजार ७० रूपैयाँ २५ पैसा, वडा नं–२ बाट दुई लाख ९४ हजार २०६ रूपैयाँ ५० पैसा र वडा नं–१ बाट एक लाख १८ हजार ६७६ रूपैयाँ १५ पैसा राजस्व सङ्कलन भएको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

राजस्व सङ्कलनको अवस्था हेर्दा गाउँपालिकाका सातवटा वडामध्ये बजारी क्षेत्र भएको वडामा बढी राजस्व सङ्कलन भएको देखिएको छ । गाउँपालिकाको कार्यालयसँगै वडा नं–३, ४ र ५ बजारी क्षेत्रमा पर्छ । कुरिनटारदेखि मुग्लिनसम्मको राजमार्ग क्षेत्रमा बजार भएका वडाहरुमा राजस्व सङ्कलन पनि अन्य वडामा भन्दा बढी देखिएको छ । राजस्व सङ्कलनको दृष्टिले वडा नं–१ र २ सबैभन्दा कमजोर वडा हुन् । यी दुवै चितवन जिल्लाकै सबैभन्दा दूर मानिने वडा हुन्, जहाँ राजस्व सङ्कलनको आधार छैन ।

वडा नं–४ मा राजस्व सङ्कलन धेरै देखिनुमा मनकामना दर्शन नै प्रमुख कारण हो । पालिकाले मनकामना दर्शन प्रालिबाट मात्रै गत आर्थिक वर्षमा ७१ लाख ५५ हजार ४०२ रूपैयाँ ६४ पैसा राजस्व सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । मनकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाभित्र पर्ने भए पनि केबलकारको टिकट काउन्टर चितवनमा हुँदा त्यसले इच्छाकामनाको राजस्व सङ्कलनमा ठूलो टेवा पुगेको छ ।

त्यसबाहेक गाउँपालिकाले जलविरे झरना, उपरदाङगढी, इच्छाकामना मन्दिरलगायतका धार्मिक एवम् ऐतिहासिक क्षेत्रबाट पनि राजस्व सङ्कलनमा वृद्धि गर्न सफल भएको छ । तर, इच्छाकामनाकै वडा नं–१ मा रहेको चितवन जिल्लाकै सबैभन्दा उच्च क्षेत्र सिराइचुलीलाई भने मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिए पनि त्यसलाई गाउँपालिकाले आम्दानीको स्रोतको रुपमा विकास गर्न सकेको छैन ।

गाउँपालिकाले पालिकाभित्रै आर्थिक समृद्धि गर्ने हो भने पालिकाभित्र ओझेलमा रहेका साना–साना ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रलाई थप विकास गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । त्रिवेणी बराह मन्दिर, बालगौरी पाथीभरा मन्दिरजस्ता गाउँ क्षेत्रमै सीमित ऐतिहासिक क्षेत्रलाई थप प्रचारप्रसार गर्न सके त्यसले गाउँपालिकाकै आर्थिक स्रोत वृद्धि गर्न सकिने आवाज गाउँपालिकाले आयोजना गर्दै आएका सार्वजनिक सुनुवाइमार्फत आउने गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०८३ आइतवार - १०:३९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology