Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुपन्देहीबाट अपहरित दुई बालबालिकाको झापाबाट उद्धार

रुपन्देहीबाट अपहरित दुई बालबालिकाको झापाबाट उद्धार

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
रुपन्देहीबाट अपहरित दुई बालबालिकाको झापाबाट उद्धार
images

बुटवल, ६ फागुन । विद्यालय जाने क्रममा अपहरणमा परेका रुपन्देहीका दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियाबाट बिहीबार बिहान स्कुल हिँडेका एकै घरका दुई बालबालिका अपहरणमा परेका थिए । 

images
images

अपहरित बालबालिकालाई प्रहरीले शुक्रबार झापाबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरित बालबालिकालाई शुक्रबार बिहान काँकडभिट्टाबाट उद्धार गरिएको हो ।

उद्धारपछि बालबालिकालाई आफन्तको सम्पर्कमा जिम्मा लगाइएको पौडेलले जानकारी दिए । अपहरणको कारणबारे भने अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सैन मैना नगरपालिका वडा नम्बर ६ बस्ने पुष्पा दाहालका एक छोरी १२ वर्षीया प्रसिद्ध दाहाल र एक छोरा ९ वर्षीय प्रसन्न दाहाल बिहीबार अपहरणमा परेका थिए । 

बिहीबार बिहान ८:४० बजेको समयमा सैन मैना ४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनका लागि पठाएकी पुष्पा दाहालले साँझसम्म पनि दुई बालबालिका घर नआएपछि तत्काल खोजीकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएकी थिइन् । 

उता प्रभात आवसीय बोर्डिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले ती बालबालिका स्कुल नआएको बताएका थिए । परिवारले स्कुलबाट घर नआएको खबर थाहा पाएपछि स्टाफ, बस चालक र सहचालकलाई सोध्दा दुई विद्यार्थीको आफन्तले फोटो खिचाउन लैजान्छु भनेर मुर्गिया झारेको भन्ने सूचना पाएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - २०:५०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology