Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सासु हत्याको आरोपमा बुहारीसहित दुईजना पक्राउ 

सासु हत्याको आरोपमा बुहारीसहित दुईजना पक्राउ 

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
सासु हत्याको आरोपमा बुहारीसहित दुईजना पक्राउ 
images

लक्ष्मण विश्वकर्मा, दाङ, ६ फागुन । दाङको घोराहीमा सासुको हत्या गरेको आरोपमा बुहारीसहित दुई जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १९ खानिगाँउका ५५ वर्षका ईन्द्र कुमारी घर्तीको हत्या गरेको आरोपमा नाताले बुहारी पर्ने २३ वर्षका बसन्ती घर्ती र सोहि ठाउँ बस्ने २२ वर्षका दुर्गा घर्तीलाई पक्राउ गरिएको हो ।

images
images

गत बुधवार सोहि गाउँ नजिकै छिमेकीको घरमा न्वारन खान गएका घर्ती घर नआएपछि खोजी गर्ने क्रममा हिजो बिहान खोल्सामा मृत अवस्थामा फेला पर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्त्वमा घटनास्थल पुगेको टोलीले अनुसन्धानको क्रममा हत्या गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

सासु र बुहारी बसन्ती घर्तीबीच घरायसी विवाद हुँदा आरोपित बसन्ती घर्तीले छिमेकी दुर्गा घर्तीको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०९:०५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology