Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना

जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना

न्युज कारखाना

६, फाल्गुण २०७८
जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना
images

मोहम्मद हबिब, भैरहवा, ६ फागुन । विवादका कारण जेसिआई सिद्धार्थमा अध्यक्ष नै दुई जना बनेका छन् ।

images
images

‘व्यक्तिको होइन, विधिको शासन हुनुपर्छ’ विचार राख्ने सामाजिक संस्था जेसिआइ नै विभाजित बनेको छ । अनिता पाण्डे (अनुपा)  र प्रकृति उप्रेतीले अध्यक्ष बनेको घोषणा गरेका हुन् ।

भैरहवाको किङ्गस प्यालेसमा २५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन आह्वान गरेर पाण्डेलाई अध्यक्ष घोषणा गरिँदा पिस नाइट होटलमा उप्रेतिले पदस्थापन गरिन् । 

२५ औँ पदस्थापनबाट २०२१ को अध्यक्षमा पदभार पाएकी रिमा न्यौपानेको कार्यकाल सकिएपछि वर्ष २०२२ को अध्यक्षमा दुई जनाले दाबी गरेका हुन् ।

अध्यक्ष पाण्डेले जेसिसको विधान अनुसार आफू अध्यक्ष भएको बताइन् । उप्रेतीले विगतमा भएको सम्झौता अनुसार आफू अध्यक्षमा निर्वाचित भएको बताइन् । 

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:१४:०६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology