Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका सांसद किसानलाई देवघाट बगन्दीका जनताको प्रश्नः "सांसद ज्यु हामीलाई मोटर बाटो खै?"

तनहुँका सांसद किसानलाई देवघाट बगन्दीका जनताको प्रश्नः "सांसद ज्यु हामीलाई मोटर बाटो खै?"

इच्छाकामना न्युज

१३, मंसिर २०७७
तनहुँका सांसद किसानलाई देवघाट बगन्दीका जनताको प्रश्नः "सांसद ज्यु हामीलाई मोटर बाटो खै?"
images

देवघाट, १३ मंसिर । देवघाट गाउँपालिका वडा नम्बर ५ बगन्दीका बासिन्दाले प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ समक्ष मोटरबाटो खन्न बजेट माग गरेका छन् । अहिलेसम्म मोटर बोटो नपुगेको बगन्दीका ५०/६० जना बासिन्दाले सिमराबाट शनिबार दमौली जाँदै गरेका सांसद श्रेष्ठलाई मुग्लिङ–नारयणगढ सडकको गाईघाटमा भेट गरि यस पटकको स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेटले गाउँमा बाटो पु¥याउन माग गरेका थिए ।

images
images

अहिलेसम्म मोटरबाटो नपुग्दा आफुहरुले निकै दुःख पाईरहेको भन्दै जसरी पनि यस वर्ष भित्र बाटो पुग्ने गरि बजेट विनियोजन गर्न सांसद श्रेष्ठसँग अनुरोध गरेका थिए ।

स्थानीय जनतासँगको भेटमा सांसद श्रेष्ठले बगन्दीमा अहिलेसम्म मोटरबाटो सम्म नपुगेको सुन्दा निकै दुख लागेको भन्दै आउँदो बजेटमा सकेसम्म प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । सकेसम्म स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गर्ने त्यो सम्भव नभएर अर्काे कुनै श्रोत मार्फत भएपनि बगन्दीसम्म मोटर पु¥याएरै छाड्ने सांसद श्रेष्ठको प्रतिबद्धता थियो ।

सो अवसरमा देवघाट वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले पनि मोटरबाटोको लागि बजेट उपलब्ध गराउन सांसद श्रेष्ठ समक्ष अनुरोध गरेका थिए । केही रकम संघीय सरकारबाट र केही रकम वडा कार्यालय मार्फत विनियोजन गरि बगन्दीसम्म मोटरबाटो पु¥याउने योजना वडा अध्यक्ष गुरुङको थियो ।

देवघाट अनलाईनबाट

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - २०:२९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology