Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुल्मीमा एम्बुलेन्समा आगजनी

गुल्मीमा एम्बुलेन्समा आगजनी

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
गुल्मीमा एम्बुलेन्समा आगजनी
images

गुल्मी, ४ फागुन । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेकाे छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

images
images

वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।

आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्या घटना भएकाे र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।

 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:३७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology