Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेले संसदको अवरोध कायमै राख्ने 

एमालेले संसदको अवरोध कायमै राख्ने 

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
एमालेले संसदको अवरोध कायमै राख्ने 
images

काठमाण्डौ, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसी परियोजनाभन्दा पनि संसदको अवरोधमा जोड दिने रणनीति लिएको छ ।

images
images

आफ्ना मागहरु पूरा नभएका कारण संसदको अवरोध कायमै राखिने प्रमुख सचेतक विशाल भट्टराईले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार आजको कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले जाने छैन ।

सरकारमा रहेको एकीकृत समाजवादीमा पनि एमसीसी परियोजना संसोधन नगरी टेबल गर्न नहुने जोड धेरै नेताको छ । एमसीसी परियोजना टेबल हुने चर्चासँगै विप्लव नेतृत्वको नेकपा लगायत दलहरुले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

यद्यपी प्रभाव कम पार्न सबै उपाय अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:०८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology