Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अनिता थापामगरद्वारा देवघाटका मृगौला पीडित युबिन रानामगरलाई आर्थिक रकम सहयोग

अनिता थापामगरद्वारा देवघाटका मृगौला पीडित युबिन रानामगरलाई आर्थिक रकम सहयोग

images

करिश्मा गुरुङ

३, फाल्गुण २०७८
अनिता थापामगरद्वारा देवघाटका मृगौला पीडित युबिन रानामगरलाई आर्थिक रकम सहयोग
images

देवघाट, २ फाल्गुन । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ बुद्धचोक निवासी श्रीमान् दुर्गलाल रानामगर र श्रीमती रुपा रानामगरको करिब एक बर्षको छोरा युबिन रानामगरको स्वास्थ्य उपचारको लागी भरतपुर निवासी अनिता थापामगरले आर्थिक सहयोग गरेको छ।

भरतपुर निवासी गोमा थापामगरको छोरी अनिता थापामगरले आफ्नो स्वर्गीय पिता भिमकुमार थापामगरको सम्झनामा युबिन रानामगरको  स्वास्थ्य लाभको कामना गर्दै १० हजार रुपैयाँ देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक राना मगर मार्फत आमा रुपा रानामगरलाई हस्तान्तरण गरे। 

युबिन रानामगरको जन्मिएको ६ महिनामै मृगौलामा समस्या आई हालसम्म  उपचारत  भइरहेका र अहिले सम्म तिन पटक अप्रेसन गरिसकेको आमा रूपा रानामगरले बताएका थिए भने हाल छोराको स्वास्थ्य सुधारमा सामान्य सुधार भएको उनले बताए।

साथै रुपा रानामगरले सामाजिक सञ्जाल मार्फत छोराको स्वास्थ्य उपचारको लागी देश तथा विदेशमा रहनु हुने दाजुभाइ दिदिबहिनीहरुबाट  पनि सहयोग संकलन भएको उनले बताए।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०८:५९:२४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology