Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छेउमै आकाशेपुल छ, तर पैदलयात्रु सडक नै क्रस गर्छन्

छेउमै आकाशेपुल छ, तर पैदलयात्रु सडक नै क्रस गर्छन्

इच्छाकामना न्युज

२९, माघ २०७८
छेउमै आकाशेपुल छ, तर पैदलयात्रु सडक नै क्रस गर्छन्
images

बुटवल, २९ माघ । पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशेपुल बनाइएको छ । तर, ती सबै पुल प्रयोग हुँदैनन् । भैरहवा, बुटवलका मुख्य चोकमा आकाशेपुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या भने न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडिरहेका हुन्छन् । जसले गर्दा सडकमा सवारीको जाम हुनुका साथै दुर्घटनाकाे जाेखिम बढेकाे छ ।

images
images

व्यस्त सडकमा समेत पैदलयात्रु पुल छाडेर बीच सडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्रुले आकाशेपुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ ।

पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो । तर, उनीहरूलाई पुलको प्रयोग गर्न बाध्यकारी बनाएको देखिँदैन । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएका छन् । बुटवलमा  डाईभरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्ग चौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि आकाशेपुल निर्माण भएका छन् । आकाशेपुल अपांगमैत्रीसमेत छन् । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले आकाशेपुलको प्रयोग गराउन योजना बनाएर काम गरिरहेको जानकारी दिए । 'पहिलो कुरा त यात्रु स्वयं सचेत हुने कुरा हो,' उनले भने, 'हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशेपुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।'

पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरे दुर्घटना घट्ने र यात्रा सफल हुने उनले बताए । आकाशेपुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षका लागि ५--१० मिनेट हिँड्न ग्राह्रो मान्न नहुने उनले बताए । पैदलयात्रुलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । 

'दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको पनि गल्ती हुन्छ । जहाँतहाँबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन् । आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौंको मृत्यु भएको छ,' जिसीले भने । प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो । यसरी नियम मिच्ने पैदलयात्रीले समेत आधादेखि दुई घण्टासम्म सचेतना कक्षा लिनुपथ्र्यो । त्यो पनि प्रभावकारी हुन सकेन । अहिले पनि अधिकांश पैदलयात्रु ट्राफिक नियम पालना गर्दैनन् ।

यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्येनजर गर्दै आकाशेपुल निर्माण गरिएको र यसको प्रयोगका लागि यात्रुमा बानीको विकास गर्नु जरुरी रहेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए । 

 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:०१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology