जनकपुर, १२ मंसिर । जनकपुरधाममा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ बर्षका श्रीमती रेखा चौरसिया हिजो मृत अवस्थामा फेला गर्नु भएको हो।
बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको छ। मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए। घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो।