Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति

स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति

इच्छाकामना न्युज

२७, माघ २०७८
स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति
images

काठमाडौं, २७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरेको छ ।

images
images

बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए ।

राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।

राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । यस्तै फागुन मसान्तभित्र स्थानीय तह  निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जनाएको छ ।

यस्तै राप्रपाले देशव्यापी पार्टी प्रवेश कार्यक्रम र कोणसभा सञ्चालन गर्ने जनाएको छ ।

 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:०६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology