Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपा पदाधिकारी बैठक : कमल थापाको बहिर्गमनबारे छलफल नै भएन, अब देशव्यापी संगठन विस्तार गर्ने

राप्रपा पदाधिकारी बैठक : कमल थापाको बहिर्गमनबारे छलफल नै भएन, अब देशव्यापी संगठन विस्तार गर्ने

इच्छाकामना न्युज

२७, माघ २०७८
राप्रपा पदाधिकारी बैठक : कमल थापाको बहिर्गमनबारे छलफल नै भएन, अब देशव्यापी संगठन विस्तार गर्ने
images

काठमाडौं, २७ माघ । राप्रपाको पदाधिकारी बैठकले देशव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ । बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

images
images

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति थियो । महामन्त्री भुवन पाठकले बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न विशेष कार्ययोजना पेस गरेका थिए । 

जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने ।

पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने, पार्टीको सम्पूणर् शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने कार्ययोजना पेस गरेको छ ।

बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यका लागि बैठकले आव्हान गरेको छ । 

राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको बैठकको निष्कर्ष छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ११ फागुनमा बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - १९:५९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology