Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए

पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए

न्युज कारखाना

२६, माघ २०७८
पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए
images

दिलमाया शाही, जुम्ला, २६ माघ । जुम्ला तातोपानी गाउँपालिका-८ का ३४ जना नागरिक पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै नागरिक जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा नागरिकलाई  सकुशल घर ल्याएका हुन् ।

images
images

यही माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी-८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए । 

प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्विइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो । 

त्यस्तै मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका नागरिक सहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका नागरिक र उनीहरूका भेडाको सकुशल उद्धार गरिएको छ । उनका अनुसार ३६ जना मध्य २ जना नागरिक २२ गते नै घर फर्किसकेका थिए ।
 
जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार, प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक उद्धार गरेको हो ।

तातोपानी गाउँपालिका-८ को गाग्रो पाटनको एडि ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।  

त्यस्तै, सोही हिमपातका कारण  पाटनबाट फर्किने क्रममै दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडिबुटी संकलन गर्न गएका तातोपानी गाउँपालिका तातोपानी-८ की महिला ३७ वर्षीया देवी शाही  र तातोपानी-७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको हो ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १९:३४:५२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology