Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेकाे सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय

एमालेकाे सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय

इच्छाकामना न्युज

२५, माघ २०७८
एमालेकाे सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय
images

काठमाडौँ, २५ माघ । एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

images
images

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएकाे छ ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले २८ माघमा भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

प्रशिक्षणको समय तालिका र स्थान

  • प्रदेश  १– फागुन १ र २ विराटनगर
  • मधेस प्रदेश– फागुन ३ र ४ जनकपुर
  • वागमती प्रदेश– फागुन ६ र ७ काठमाडौं
  • गण्डकी प्रदेश– फागुन ८ र ९ पोखरा
  • लुम्बिनी प्रदेश– फागुन ११ र १२ बुटवल/दाङ
  • कर्णाली प्रदेश– फागुन १४ र १५ सुर्खेत
  • सुदूरपश्चिम प्रदेश– फागुन १६ र १७ धनगढी

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:३७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology