Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले इच्छकामनाका पूराना नेता एवं साविक चण्डिभञ्ज्याङ्ग गाउँकमिटिका संस्थापक सचिव पुष्पलाल गुरुङको निधन

नेकपा एमाले इच्छकामनाका पूराना नेता एवं साविक चण्डिभञ्ज्याङ्ग गाउँकमिटिका संस्थापक सचिव पुष्पलाल गुरुङको निधन

इच्छाकामना न्युज

२५, माघ २०७८
नेकपा एमाले इच्छकामनाका पूराना नेता एवं साविक चण्डिभञ्ज्याङ्ग गाउँकमिटिका संस्थापक सचिव पुष्पलाल गुरुङको निधन
images

भरतपुर, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका पूराना नेता एवं साविक चण्डिभञ्ज्याङ्ग गाउँकमिटिका संस्थापक सचिव पुष्पलाल गुरुङको निधन भएको छ। गुरुङको आज बिहान पौने ७ बजे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा निधन भएको हो।

images
images

गुरुङ साविकको चण्डिभञ्ज्याङ्ग गाविसमा नेपाल कम्युनिष्ट पार्टी एमाले स्थापना गर्न उल्लेखनीय भूमिका निर्वाह गरका थिए। तात्कालिन अवस्थामा संस्थापक पार्टी सचिव रहेका गुरुङ २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट चण्डिभञ्ज्याङ्ग गाविसको अध्यक्षमा उम्मेद्वार समेत बनेका थिए। 

मृतक गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि भरतपुर भोजाड स्थित उनकै निवासमा राखिएको छ भने श्रद्धाञ्जली पश्चात आजै गुरुङ संस्कार अनुसार देवघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १०:३२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology