Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पर्यटन प्रवद्घनका लागि धार्चेमा क्यानोनिङको तयारी

पर्यटन प्रवद्घनका लागि धार्चेमा क्यानोनिङको तयारी

images

केशव गुरुङ

११, मंसिर २०७७
पर्यटन प्रवद्घनका लागि धार्चेमा क्यानोनिङको तयारी
images

गोरखा, ११ मंसिर ।  पर्यटन प्रवद्घनका लागि धार्चेमा क्यानोनिङको तयारी शुरु  गरिएको छ । 

धार्चे गाउपालिका  गाउँपालिका–७ लापुबेसी स्थित नौलीखोला झरनामा ब्यवसायीक क्यानोनिङको प्रशिक्षक उत्पादन गर्न पाँच दिने तालिम पनि सम्पन्न भएको छ ।

धार्चे गाउँपालिकाको आयोजना तथा धार्चे पर्यटन प्रर्वद्धन समिति र मनास्लु फाउन्डेशनको समन्वयमा तालिम भएको हो ।

dharche 1.jpg

‘मंसिर ६ गतेबाट शुरु भएको क्योनोनिङ तालिम १० गते सम्म चल्यो,’ धार्चे पर्यटन प्रवद्र्धन समितिका संयोजक मणि गुरुङले भने, ‘यो अवधिमा हामीले क्योनोनिङ गर्दा अपनाउने पर्ने सुरक्षाका उपायहरु जस्तै माथिबाट तल झर्दा डोरी समात्ने, सेफ हुने तरिका, तल माथि गर्दाको पोजिशन लगायतका कुराहरु सिकायौ ।’

तालिममा ७ जना महिला र १४ जना पुरुष सहभागिता रहेको   थियो ।

व्यावसयिक रुपमै क्यानोनिङ संचालन योजना सहित तालिमको आयोजना गरिएको गुरुङले बताए ।  

क्योनोनिङ संचालनमा आएमा स्थानीय जीविकोपार्जनमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । क्यानोनिङ तालिम संचालन गर्नका लागि गाउँपालिका चालु आर्थिक वर्षमा तीन लाख छ्ुट्टाएको थियो ।

dharche 22.jpg

 

‘नौली झरना मनास्लु पदमार्गमै पर्छ, त्यसैले यहाँ क्यानोनिङको सम्भावन देखेका छौ,’ अध्यक्ष गुरुङले भने, ‘ब्यवसायीक क्यानोनिङ संचालनमा आए स्थानीयहरुले रोजगार पाउछन, गाउँपालिकालाई पनि आम्दानी हुन्छ ।’

‘नौली झरनाबाट   वरिपरि रमणीय दृश्यहरु पनि हेर्न साथै झरनाबाट आनन्द लिन पाइन्छ,’ उनले भने, ‘त्यसैले यो वर्षबाट नै क्यानोनिङ संचालन गरी क्यानोनिङ गर्न आउने पर्यटकहरुका लागि टिकट सिस्टम लागु गछौ ।’ 

dharche 3.jpg

 

 

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १०:४५:५७ बजे

केशव गुरुङ

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology