Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बालुवाटार बैठक : एमालेले सभामुखको बहिर्गमनलाई बनायो मुख्य एजेण्डा

बालुवाटार बैठक : एमालेले सभामुखको बहिर्गमनलाई बनायो मुख्य एजेण्डा

इच्छाकामना न्युज

२३, माघ २०७८
बालुवाटार बैठक : एमालेले सभामुखको बहिर्गमनलाई बनायो मुख्य एजेण्डा
images

काठमाडौं, २३ माघ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गनमनको विषयलाई तीन दलका शीर्ष नेताहरुको बैठकमा मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरेको छ । 

images
images

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्नका लागि मार्गप्रशस्त गर्नुपर्ने सर्त अघि सारेको हो । 

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भएपनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताए । 

सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उनले बताए । 

सदनमा प्रमुख प्रतिपक्षीको उपस्थिति आवश्यक छ भन्ने सत्तापक्षले महसुस गर्छ भने आफूहरुको माग सम्बोधन गर्न आग्रह गरेको उनले बताए । 

सभामुखका तर्फबाट भएको कमजोरी सच्चाउने दिशातर्फ अघि बढे समस्या समाधान हुने उनले बताए । 

'१४ जना गैर सांसदहरुलाई राखेर प्रतिनिधि सभा चलाउने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ। गैर सांसदको उपस्थितिमा प्रतिनिधि सभा अघि बढ्न सक्दैन' बैठकपछि उनले भने, 'दलले कारबाही गरेर व्यक्तिहरुलाई राखेर संसद चलाउने कुरा प्रति हाम्रो असहमति छ।  त्यो कुरालाई रोक्न नसक्ने हो भने सभामुखले मार्ग प्रशस्त गर्नु पर्छ।'

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीका विषयमा सहयोग गर्न आग्रह गरेका थिए  भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले साझा दृष्टिकोण बनाएर अघि जान एमालेसँग प्रस्ताव गरेका थिए । तर, एमालेले भने सत्तापक्षबाट नै एमसिसीका विषयमा फरक फरक धारण आइरहेको भन्दै पहिला समान धारणा बनाएर आउन आग्रह गरेको थियो । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २०:१५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology