Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर

हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर

इच्छाकामना न्युज

२३, माघ २०७८
हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर
images

जुम्ला, २३ माघ । तातोपानी गाउँपालिका- ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी  हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकाेप्टरमार्फत राहत वितरणकाे व्यवस्था मिलाएकाे हाे। बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी-८ का ३४ जना हिउँमा फसेका हुन् ।

images
images

स्थानीयका अनुसार गाग्रीकाे लेक ऐडी ओढारमा र  खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकाेप्टर फर्किएको  हाे । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । साेही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेकाे हाे । हेलिकाेप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई  राहत दिएर फर्किएको तातोपानी-८ का सुरत बहादुर शाहीले बताए । जडिबुटी ( खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेकाे खबर आएको उनले बताए । हेलिकाेप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणकाे व्यवस्था मिलाइएकाे हाे ।

यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, 'राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल  रहेको अनुमान छ ।' 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १९:४९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology