Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रामकृष्ण हुमागाईं फरि एमालेमा फर्किए, कांग्रेस छाेडे

रामकृष्ण हुमागाईं फरि एमालेमा फर्किए, कांग्रेस छाेडे

इच्छाकामना न्युज

२२, माघ २०७८
रामकृष्ण हुमागाईं फरि एमालेमा फर्किए, कांग्रेस छाेडे
images

ललितपुर, २२ माघ । ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।

images
images

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उनले टिकट नपाउदा असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा  माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।

बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।

तस्बिर : एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यको फेसबुकबाट

 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - ०९:०४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology