Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)

जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)

न्युज कारखाना

२१, माघ २०७८
जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)
images

दिलमाया  शाही, जुम्ला, २१ माघ । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ।

images
images

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ ।

269607582_471126017955950_5900514936679730853_n.jpg.jpg272338361_937568023820043_7245221844014316315_n.jpg.jpg272955616_3001475853399789_5859317515760738534_n.jpg.jpg273208826_263310225880038_4069026008674477307_n.jpg.jpg

 

 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०९:२६:४४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology