Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रदेश सांसद दिपक मनाङेका पत्नि चोरी मुद्दामा पक्राउ

गण्डकी प्रदेश सांसद दिपक मनाङेका पत्नि चोरी मुद्दामा पक्राउ

इच्छाकामना न्युज

१०, मंसिर २०७७
गण्डकी प्रदेश सांसद दिपक मनाङेका पत्नि चोरी मुद्दामा पक्राउ
images

गोरखा १०, मङ्सिर । गण्डकी प्रदेश सभाका सांसदकी श्रीमती चोरी मुद्दामा पक्राउ परेकी छिन् । प्रदेश सभा सासंद दीपक मनाङे भनेर चिनिने राजीव गुरूङकी श्रीमती ३५ वर्षीया दिछेन डोल्मा लामालाई चोरीको मुद्दामा मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मकवानपुर प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका–१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

images
images

ुजिल्ला अदालत कास्कीले उनलाई चोरीको मुद्दामा पक्राउ गर्न अनुमति दिएपछि पक्राउ गरी जिल्ला प्रहरी कास्कीमा बुझाइसकेको प्रहरी नायब उपरीक्षक रानाको भनाई छ । मूर्ति, चाँदीका अम्खोराहरू चोरी गरेर भागेको भन्ने उजुरी परेको आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी लामा बिरुद्द अनुसन्धान सुरु भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १८:२९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology