Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाको केन्द्रीय उपाध्यक्षमा गुरुङ मनाेनित

राप्रपाको केन्द्रीय उपाध्यक्षमा गुरुङ मनाेनित

इच्छाकामना न्युज

१८, माघ २०७८
राप्रपाको केन्द्रीय उपाध्यक्षमा गुरुङ मनाेनित
images

लमजुङ, १८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय उपाध्यक्षमा लमजुङका हेमजङ गुरुङ मनोनित भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङलाई उपाध्यक्षमा मनोनित गरेका हुन् । मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका गुरुङले ३ दशक बढी राप्रपामा रहेर राजनीति र समाजसेवा गरेका छन् । संघीय संरचनासंगै राप्रपा गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पाइसकेका गुरुङलाई एकता महाधिवेशनपछि पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

images
images

गुरुङ यसअघि राप्रपाको सहमहामन्त्री र सहायक महामन्त्रीसमेत भइसकेका छन्। वि.संं २०४७ मा राप्रपाको पार्टी सदस्य लिँदै विद्यार्थी राजनीतिमा होमिएका उनले ईन्जिनियरिङ अध्ययन गरेका छन् । उनी राप्रपा युवा संघ जिल्लाको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै २०५१ सालमा लमजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

२०५४ सालदेखि २०६३ सालसम्म राप्रपा लमजुङको अध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङ २०५३ सालमा पहिलोपटक बेंसीसहर नगर विकास समितिको अध्यक्ष बनेका थिए । त्यस्तै, २०५४ सालमै बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत भएका छन् ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology