Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनकाे तयारी भइरहेकाे छ : अध्यक्ष निरौला

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनकाे तयारी भइरहेकाे छ : अध्यक्ष निरौला

इच्छाकामना न्युज

१८, माघ २०७८
१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनकाे तयारी भइरहेकाे छ : अध्यक्ष निरौला
images

उदयपुर, १८ माघ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताएका छन् ।

images
images

उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अघिल्ला आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोगले कार्य अगाडि बढाउने बताए ।

भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासीसमेतलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिएर थाति रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको उनले बताए ।

प्रारम्भिक अभिलेख अनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको सङ्ख्या दुई लाख ३२ हजार, सुकुम्बासी परिवार तीन लाख ३७ र अव्यवस्थित बसोबासीहरुको सात लाख ६५ हजार परिवार  रहेको अध्यक्षले जानकारी दिए ।

ठूलो सङ्ख्यामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई कानुनी आधारमा व्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर मुलुकबाट सदाका लागि यो समस्यालाई निराकरण गर्नु निकै जटिल र चुनौतिपूर्ण काम भए पनि आफू यसमा कत्ति पनि बिचलित नभई काम गर्ने उनले बताए ।

जिल्लास्थित नापी, मालपोत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत, जिल्ला समन्वय समितिका अधिकृत र वन डिभिजन कार्यालय पदेन सदस्य रहने यो समितिलाई अन्य सदस्यको समेत मनोनयन गरी माघ मसान्तभित्र पूर्णता दिइने अध्यक्ष निरौलाको भनाई छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०८:३२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology