Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु

images

इच्छाकामना न्युज

९, मंसिर २०७७
आजदेखि कक्षा १२ को परीक्षा सुरु
images

काठमाण्डौं, ९ मंसिर
कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण वैशाखमा हुने भनिएको परीक्षा ८ महिना पछि आजबाट सुरु भएको हो । ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने वातावरण मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले  जानकारी दिनुभयो । 
कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । 
अब डेढ घण्टामा ४० पूर्णाङ्ककको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने अध्यक्ष पौडेलले बताउनुभयो । 
स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गर्नुभएको छ । 

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - ०९:१२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology