Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

images
जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन
images

जनकपुरधाम, ९ माघ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाई गरेको र मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै युवा संघले आइतबार प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो । 

संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए ।  र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । 

युवा संघका मधेस प्रदेश अध्यक्ष ईद मोहम्मद साफी जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरि लोकतन्त्रको धज्जी उडाएको उनले आरोप लगाए । मन्त्री यादवलाई बर्खास्त नगरे आफूहरु कडा आन्दोलनमा उनले चेतावनी दिए । 

 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १९:२१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology