मुग्लिन,७ माघ । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलामा सुख्खा पहिरो जादा सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत मुग्लिन-नारायणगढ सडकखण्डको तोपेखोलामा राति अन्दाजी २:३० बजे माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको हो । दुईवटा मेशिनको सहायताबाट पहिरो पन्छाउने कार्य भइरहेको र पहिरो हटाउन करिब ३-४ घण्टा समय लाग्ने इलका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य मगरले जानकारी दिएको छ।