मुग्लिन, ३० पुस । चितवनको इच्छाकामनामा गोरखाली समाज गठन गरिएको छ । गोरखाबाट चितवनको इच्छाकामना आई बसोबास गर्नेहरुको भेलाले आज बामदेब देबकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।
अन्तर्राष्ट्रिय गोरखाली समाजका अध्यक्ष बिनय अधिकारी र बिनोद बग्दासको नेतृत्वमा सम्पन्न भेलाले समिति गठन गरिएको हो ।
भेलाले सदस्य सचिवमा दिपा परियार ,सदस्यहरुमा, बिनोद बाग्दास, बिष्णु अर्याल , कल्याण गुभाजु, राकेश थापा, र कमल नारायण श्रेष्ठलाई चयन गरिएको छ।
सो भेलाले अब छिट्टै इच्छाकामना स्तरीय कमिटी गठन गर्ने निर्णय समेत गरिएको छ ।