Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै

एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै

न्युज कारखाना

२५, पौष २०७८
एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै
images

जीवन कैला, बाजुरा, २५ पुस । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन । 

images
images

नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याङ्ग्रिन बाध्य छन् । पुसको सिमसिम पानीमा प्रतिनिधिहरू सडकमा नेताहरूको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू दिनहुँजसो सडकमा यत्रतत्र भौतारिरहेको मात्रै देखिन्छन् ।

प्रतिनिधिहरूका अनुसार महाधिवेशन लम्बिदा खर्च सकिन थालेको छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्न थालेको उनीहरूको भनाइ छ । यता, नेताहरू आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका देखिदैनन् । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पूर्वघोषणा थियो । तर आइतबारसम्म पनि बन्दसत्र सुरू भएको छैन । 

आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको हो । एक जना अध्यक्ष पदका लागि चार जनाको उम्मेवारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुगांै लाग्न नसकेको प्रतिनिधिहरूको गुनासो छ । 

एमालेका स्थानीय कमिटी सदस्य कर्णबहादुर थापाको प्यानलमा लालबहादुर ओली रहेका छन् । भने सांसद लालबहादुर थापाको प्यानलबाट कालिबहादुर शाहीले अध्यक्ष दाबी गरिरहेका छन् । 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:२१:०० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology