Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बेलायतमा रहेका संघसंस्थाको पत्रकारितामा चासो

बेलायतमा रहेका संघसंस्थाको पत्रकारितामा चासो

images

न्युज कारखाना

२५, पौष २०७८
बेलायतमा रहेका संघसंस्थाको पत्रकारितामा चासो
images

नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतभरका ६ दर्जन बढी नेपाली संघसंस्थाका करिब एक सय प्रतिनिधिको सहभागिता रह्यो ।

कार्यशालामा शाखाका निवर्तमान अध्यक्ष एवम् पत्रकार नरेश खपांगीमगरले प्रेस रिलिजसम्बन्धी एक विशेष प्रिजेन्टेसन गरेका थिए । एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् उनले प्रेस रिलिजमा के कस्तो जानकारी हुनुपर्ने, कसरी तयार पार्ने ? मिडियामा पठाउँदा केकस्ता कुरामा ध्यान पुर्याउने भन्ने जस्ता विषयमा जानकारी गराएका थिए ।

डेढ घण्टा लामो प्रिजेन्टेसनमा उत्सुकतापूर्वक सहभागी बनेका संघसंस्थाका प्रतितिनिधिले कार्यक्रमको अन्त्यमा सोधेका थप प्रश्नहरुको प्रिजेन्टर खापांगीमगरले जवाफ दिएका थिए । त्यसअघि शाखाका अध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

बेलायतका नेपाली संघसंस्थाका सूचना र गतिविधिहरुलाई प्रभावकारी ढंगले मिडियामार्फत् आम समुदायसम्म पुर्‍याउने कार्यक्रममा कार्यशालाले सहयोगी भूमिका खेल्ने आशा उनले व्यक्त गरे । कार्यशालामा बेलायतस्थित नेपाली संघसंस्थाको उत्साहजनक सहभागिता रह्यो ।

कार्यक्रममा लण्डन र आसपाससहित अल्डरसट, केन्ट, स्वीण्डन, रेडिंगदेखि कोल्चेस्टर, मिडल्याण्डदेखि वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डसम्मका संघसंस्थाका प्रतिनिधिले भाग लिएका थिए ।

कार्यक्रमममा एनआरएनए यूके, जनजाति महासंघ यूके, तमुधिं यूके, मगर संघ यूके, यति नेपाली एशोसिएसन, तमु समाज यूके, पासा पुचः गुठी यूके, क्षेत्री समाज यूके, किराँत याक्थुङ चुम्लुङ यूके, एनआरएनए इंग्ल्याण्ड, एनआरएनए वेल्स र एनआरएनए नर्दन आयरल्याण्ड, साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज यूके, फोनिज यूके, लिम्बू पत्रकार संघ यूके, ग्रेटर रश्मोर नेपाली कम्युनिटी, रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी, बुद्ध फाउण्डेसन यूके, सहारा यूके, क्याट यूके, गुल्मी जिल्ला समाज यूके, बाग्लुंग समाज यूके, तेह्रथुम जिल्ला समाज यूके, नवलपुर जिल्ला समाज यूके, हंककंग नेपाली मञ्च यूके लगायतका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालयन सेन्टर स्कटल्याण्ड, नर्दन आयरल्याण्ड नेप्लिज कम्युनिटी, नेपाली कम्युनिटी वेल्स, सिर्जनशिल लेष्टर नेपाल, नटिंगहम नेपाली समाज, पिटरबरो नेपाली समाज, काभ्रे सोसाइटी युके, पर्वत वेल्फेयर सोसाइटी युके, नेपाली समाज यूके, पोखरेली मञ्च यूके, कोल्चेस्टर नेप्लिज कम्युनिटी, नेप्लिज एशोसिएसन अफ वील्शायर स्वीण्डन, विश्व नेपाली साहित्य महासंघ, चार्ल्टन नेपाली समाज, गल्कोट समाज यूके, गुरुङ सोसाइटी केन्ट यूकेसहितका संस्थाका प्रतिनिधिको पनि सहभागिता थियो ।

त्यसैगरी, कार्यशालामा सहभागी हुने संस्थाहरुमा प्रवासी नेपाली मञ्च यूके, जनसम्पर्क सामिति यूके, संयुक्त गोर्खा सत्याग्रह संघर्ष समिति, गेसो, जिगेसा, पशुपतिनाथ मन्दिर प्लमस्टिड, शिव कल्चरल सेन्टर अल्डरसट, नेप्लिज युथ एशोसिएसन यूके, नेप्लिज नर्सिंङ इशोसिएसन यूके, बेक्सली नेपाली कम्युनिटी, डाटफोर्ड नेपाली कम्युनिटी, सगरमाथा गोर्खा नेपाली समाज केन्ट, नेपाली वेल्फेयर सोसाइटी यूके, मेडिस्टोन गोर्खा नेप्लिज कम्युनिटी, पर्वत वेल्फेयर सोसाइटी यूके, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूके लगायत थिए ।

कार्यक्रममा मगर संघ यूकेका मिडल्याण्ड, रेडिंग, स्वीण्डन, क्याटरिक, वेस्ट लण्डन, युएचएसबी र केन्ट शाखा, तमुधिं यूकेका लण्डन र साउथ इष्ट लण्डन इकाइ, विश्व नेपाली साहित्य महासंघका साउथ तथा वेष्ट शाखा, पासा पुचः गुठी यूकेका विभिन्न शाखाहरुको पनि सहभागिता रह्यो । कार्यशालामा सहभागी संघसंस्थाका प्रतिनिधिले नेपाल पत्रकार महासंघ बेलायतले आयोजना गरेको कार्यशाला उपयोगी रहेको भन्दै प्रशंसा गरे । उनीहरुले समुदायको हितमा केन्द्रीत यस्ता कार्यक्रमहरु निरन्तर राख्न पनि शाखालाई आग्रह गरे ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकारहरु फडिन्द्र भट्टराई र दूत पुनसहित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्ष प्रमिला लावुंग राई र शिव भण्डारी, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र सदस्यहरु गोमा राना, जयराम तामाङ, नगेन्द्र नेम्वाङ, बाचस्पति रेग्मी, मिलन तमु, बम थापा सुर्यवंशीसहितका पत्रकारहरुको पनि सहभागिता थियो ।

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १०:४१:३९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology