Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अव्यवस्थित पार्किङका कारण दाङको तुलसीपुरसहित अन्य बजार क्षेत्र कुरुप बन्दै 

अव्यवस्थित पार्किङका कारण दाङको तुलसीपुरसहित अन्य बजार क्षेत्र कुरुप बन्दै 

इच्छाकामना न्युज

२०, पौष २०७८
अव्यवस्थित पार्किङका कारण दाङको तुलसीपुरसहित अन्य बजार क्षेत्र कुरुप बन्दै 
images

लक्ष्मण विश्वकर्मा, दाङ, २० पुस । दाङको तुलसीपुर सहित अन्य बजार क्षेत्र बस तथा मोटरसाइकलहरूको अव्यवस्थित पार्किङका कारण कुरुप बनेको छ । लुम्बिनी प्रदेशको राजधानी भएपनि दाङमा धेरै बिषयहरू व्यवस्थित भइसकेका छैनन् ।  तुलसीपुर बजार क्षेत्रका साँघुरो सडक, सडकका छेउछाउमा अव्यवस्थीत रुपमा गरिने पार्किङले बजार क्षेत्र नै कुरुप बनेको हो । 

images
images

सडकमा जताततै राखिएका व्यापारिक तथा निर्माण सामग्रीका कारण सर्वसाधारण नागरिकलाई हिडडुलमा नै समस्या हुने गरेको तुलसीपुर ३ लाहुरेखोलका मोहनलाल आलेले बताउनुभयो । बजार क्षेत्रमा जथाभावी रुपमा बस, अटो, मोटरसाइकल जस्ता सवारी साधन रोकिदिदा व्यापारीहरू पनि हैरान हुने गरेका छन् । बजार क्षेत्रमा सवारी पार्किङको लागी निश्चित ठाउँ तोकिएको छ । 

सडक पेटीमा व्यापार तथा निर्माण सामग्री नराख्न पनि उपमहानगरपालिकाले बारम्बार आग्रह  गर्दै आएको छ । तर नागरिकले यो बिषलाइ कार्यान्वयन नगरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताउनुभयो । स्मार्ट शहरको अवधारणामा रहेको तुलसीपुर उपमहानगरपालिकालाइ बजार क्षेत्र व्यवस्थित बनाउनु चुनौती बनेको छ । 

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - १०:२३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology