चितवन, १२ पुस । गुरुङ धार्मिक सामाजिक संस्था तमू प्ये ल्हु संघ चितवनले पत्रकार चित्र सोल्टि गुरुङ सहित ३ जनालाई सम्मानित गरेको छ । तमू ल्होसारको पूर्वसन्ध्यामा संघले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा विविद्य साँस्कृतिक कार्यक्रममा उनीहरुलाई सम्मानित गरेको हो ।
संघको संस्थागत गतिविधिलाई समाचार बनाई देशविदेशमा पु¥याई संस्थाको गरिमालाई उचो राख्ने काम गरेको भन्दै पत्रकार गुरुङलाई सम्मानपत्रले सम्मानित गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकाश मन्त्री माननीय कृष्णलाल भडेल र संघका चितवन जिल्ला अध्यक्ष लालप्रसाद गुरुङले सम्मानपत्र प्रदान गरेको थियो ।

यस्तै कार्यक्रममा संस्थालाई विगत ८–९ वर्षदेखि अध्यक्ष र सचिव बनि संस्थाको विकाशमा सहयोग पु¥याएको भन्दै निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ र बिक्रम गुरुङलाई सम्मान गरेको थियो ।