मुग्लिन, ११ पुस । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित राष्ट्रिय आधारभुत विद्यालय पैरेनीका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी रेशम गुरुङले आफुले पढेको विद्यालयको विद्यार्थीहरुको लागि पोशाक वितरण गरेको हो।
हाल काठमाण्डौमा केटिएम अटो बाईक एण्ड स्कुटी जोन संचालन गरिरहेका उनले आफ्ना बुवा देविलाल गुरुङ मार्फत विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण गरेको छ। उनले उक्त विद्यालयमा गरिरहेका विद्यार्थीहरुको लागि ५६ पिस विद्यालय पोसाक सहयोग गरेको विद्यालयका सहायक प्रध्यानाध्यापक देव बहादुर गुरुङले बताए।