Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

१४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

१४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

images

इच्छाकामना न्युज

१०, पौष २०७८
१४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा
images

जनकपुर, १० पुस । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् । 

प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएकाे छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७८ शनिवार - ०९:१९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology