Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डेउडा गायक जोशीमाथि कुटपिट

डेउडा गायक जोशीमाथि कुटपिट

डेउडा गायक जोशीमाथि कुटपिट
images

बैतडी, ४ मंसीर । डेउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो । आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका-९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए ।

images
images

उनले भने,‘हामी दिनभरी भिडियो छायांकनमा थियौं । साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए । आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाई छ ।

कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ । 

कुटपिटबाट जोशीको छाती, आँखा, नाकलगायत ठाउँमा गम्भीर चोट लागेको छ । अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोशीले बताए । घटना महेन्द्रनगरस्थित चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो । 

घटनाको विषयमा अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २०:१४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology