Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी

बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी

न्युज कारखाना

३, पौष २०७८
बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी
images

सीपी लोहिया, बैतडी, ३ मंसिर । बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ । शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएका छन् । 

images
images

स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको मालसमान चोरी भएको छ । आफ्नो पसलबाट लुगा कपडा, जुत्ता चप्पल र घ्युका डब्बा चोरीएको व्यापारी भट्टले बताए । 

यसैगरी काशिसिंह विष्टले सञ्चालन गरेको कैलपाल खुद्रा पसलबाट नगद २५ हजार रकमसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको छ । 

घटनाबारे आज बिहानै प्रहरीलाई जानकारी गराएपछि खोचलेक प्रहरीचौकीको टोली घटनास्थलमा गएर मुचुल्का तयार गरेको छ । 

यी पसलमा बेलाबेलामा चोरी हुने गरेको व्यापारीले बताएकाछन् । भट्टको पसलबाट यस पटकसमेत गरेर पाँच पटक चोरी भैसकेको र विष्टको पसलबाट गत मंसिर ८ गतेसमेत ६० हजार रकम बराबरको धनमाल चोरी भएको सम्बन्धीत पसलका व्यापारीले बताएकाछन् । 

हिजो चोरी भएका बेला पसलको ताल्चा फुटाउन प्रयोग भएको फलामको रड र चोरी गर्ने व्यक्तिका चप्पल घटनास्थलमै भेटिएका छन् । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - २१:३९:४६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology