Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र भोली बिहान सम्मका लागि स्थगीत

माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र भोली बिहान सम्मका लागि स्थगीत

एसपी गौरब

३, पौष २०७८
माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र भोली बिहान सम्मका लागि स्थगीत

सर्लाही, ३ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश २ को प्रथम अधिवेशनको बन्दसत्र भोली बिहानसम्मका लागि स्थगित भएको छ। आजबाट सर्लाहीको लालबन्दी नगरपालिका ७ मारहेको लालबन्दी पार्टी प्यालेसमा भएको बन्द सत्र केही आन्तरीक तयारी नपुगेका कारण स्थगित गरिएको माओवादी केन्द्र प्रदेश अधिवेशन निर्वाचन मण्डलले जनाएको छ।

images

माओवादीले प्रदेश अधिवेशनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि प्रदेशका धेरै स्थानिय निकायहरुमा अधिवेशन हुन बाँकी रहेको कारण त्यहाँबाट प्रतिनिधिहरु आउन बाँकी रहेकोले अधिवेशनको बन्द सत्र आजका लागि तोकिएको थियो। तर आज पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको नेकपा (माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार पर्साको वीरगन्ज उपमहानगरपालिका र सप्तरी जिल्लामा केही आन्तरीक विवाद रहेको छ । जसका कारण त्यहाँबाट आउने प्रतिनिधिहरुको नामावली आउन बाँकी रहेको छ । 

केन्द्रको हस्तक्षेपका कारण बन्द सत्र स्थगीत गरिएको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रदेश अध्यक्ष बुढाथोकीले त्यसो नभई जिल्ला तथा उप महानगरबाट प्रतिनिधिहरु आउन बाँकी रहेका कारण  बन्द सत्र आजका लागि स्थगीत गरिएको बताए। उनले सहमतीको प्रयास जारी रहेको र सहमती नभएमा निर्वाचन प्रक्रिया मार्फत भए पनि प्रदेश अधिवेशन गरिने बताए। 

बन्द सत्रमा आठै जिल्लाका गरि करिब १ हजार जना प्रतिनिधिहरुको सहभागीता रहेको छ । जसबाट पदाधिकारीहरु सहित २ सय ७१ जना चयन गर्नु पर्ने भएका कारण पनि बन्दसत्र लम्बीएको माओवादी केन्द्र प्रदेश २ ले जनाएको छ ।

महाधिवेशन गर्न ७ सय ३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधी र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति चयन गरिएको नेकपा (माओवादी केन्द्र) प्रदेश २ का इन्चार्ज गणेश साहले बताए। सप्तरी र वीरगन्ज उपमहानगरपालिकाको विवाद समाधान भएपछि प्रतिनिधि संख्या बढ्नेछ।

अधिवेशनबाट ९ जना पादधकारीसहित २ सय ७१ जनाको प्रदेश समिति चयन हुनेछ। उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान रहेको माओवादी केन्द्र प्रदेश अधिवेशन निर्वाचन मण्डलका श्याम बाबु कार्कीले जानकारी दिए। प्रदेश अध्यक्षमा धेरै आकांक्षी रहे पनि प्रदेशका आन्तिरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र पूर्वमन्त्री रामकुमार शर्माबीच प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् । मन्त्री साहलाई मातृका यादव र शर्मालाई नारायणकाजी श्रेष्ठले अघि सारेको स्रोतको दाबी छ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १८:४२:३३ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology